काठमाडौं। जुगल गाउँपालिकाको वडा नम्बर ३ (तत्कालीन वडा नं. ८) को गुम्बामा २७ माघदेखि नोबेल कोरोनाभाइरसको संक्रमण हुँदा देखापर्ने लक्षणसँग मिल्दोजुल्दो लक्ष्ण देखिएको भन्दै गाउँपालिकाले विशेषज्ञको टोली पठाएर सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।
रुघा, खोकी र अत्याधकि ज्वरोजस्ता लक्षणका बिरामी देखापरेको हुँदा आवश्यक सहयोग गरदिनुहुनु भन्दै गाउँपालिको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अत्यन्त जरुरी पत्र लेखेका छन्।
“विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं” पत्रमा उल्लेख छ ।
गाउँपालिकाले सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश हेटौंडा, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय चौतारा सिन्धुपाल्चोकलाई पनि बोधार्थ पठाएको छ ।
त्यहाँ बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएको छ । गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले फेसबुकमा एक सन्देश पोष्ट गर्दै बिहानसम्म एक दर्जनकाे संख्यामा रहेका बिरामी साँझसम्म एक सय भन्दा बढी पुगेकाे उल्लेख गरेका छन्।
"मानवीय क्षतीपश्चात मात्र संबेदनशील भएर हुँदैन। हामीसँग उपलब्ध जनशक्ति र साधनस्राेतले भ्याए सम्म प्रयास गरिरहेका छाैं । थप मद्दतका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका छौं", उनले फेसबुकमा लेखेका छन्, "अहिले पनि म लगायत साथिहरु थप औषधी र मास्क संकलन गरिरहेका छौं। भोलि बिहान मेडिकल अफिसरसहित स्वास्थ्यकर्मी टोली गुम्बा जादैछौं।"
" /> काठमाडौं। जुगल गाउँपालिकाको वडा नम्बर ३ (तत्कालीन वडा नं. ८) को गुम्बामा २७ माघदेखि नोबेल कोरोनाभाइरसको संक्रमण हुँदा देखापर्ने लक्षणसँग मिल्दोजुल्दो लक्ष्ण देखिएको भन्दै गाउँपालिकाले विशेषज्ञको टोली पठाएर सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।

">