विद्यार्थी पढाउन नोबेलको अटेरी

काठमाडौं। विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार एमबीबीएस र बीडीएसमा विद्यार्थी पढाउन अटेरी गरेको छ।

विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको कलेजले आयोग काठठमाडौं विश्वविद्यालयको निर्देशनलाई समेत अवज्ञा गर्न थालेको हो।

चिकित्सा शिक्षा ऐनमा आयोगको निर्देशन पटकपटक उल्लंघन गर्ने मेडिकल कलेजलाई सम्बन्धन खारेजीसम्मको कारवाही गर्न सक्ने व्यवस्था छ।

कलेज सञ्चालक सुनिल शर्माले आयोगले निर्धारण गरेभन्दा बढी शुल्क लिने अडान दोहोर्‍याएका छन्।

काठमाडौं विश्वविद्यालयलाई कलेजले लेखेको पत्रमा तोकिएको शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धताको साटो त्यसमाथि उल्टै प्रश्न उठाइएको छ।

आयोगको निर्देशनपछि नोबेलले ‘कुन कुन शीर्षकमा रकम लिन पाइने हो ?’ भनेर विश्वविद्यालयलाई पत्राचार गरेको थियो।

विश्वविद्यालयले अतिरिक्त रकम नलिन सचेतसचेत गराएपछि कलेजले पुनः पत्राचार गरेर आयोगले तोकेको शिक्षण शुल्कमाथि नै प्रश्न गरेको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

कलेजका प्रशासकीय अधिकृत दीपेश राईले स्कूल अफ मेडिक साइन्सेजका डिनलाई लेखेको पत्रमा आयोगले तोकेको शुल्कले झनै अन्योल भएको उल्लेख छ।

कलेज प्रशासनले प्रतिविद्यार्थी २९ लाखसम्म बढी शुल्क मागेपछि ४० भन्दा बढी अभिभावकले बढी शुल्क नतिर्ने भन्दै विद्यार्थी भर्ना गराएका छैनन्।

प्रतिक्रिया दिनुहोस्