सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बागाउँमा भाइरल संक्रमण भए पनि कोरोना भाइरसको संक्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू २८ माघबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।
चापागाईले आफूहरुले गुम्बागाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको पनि बताए। गुम्बागाउँ क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरू गरिएको छ।
बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए। साथै भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको पनि चापागाईको भनाई छ।
जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ गुम्बागाउँ पुगेका छन्।
गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको छ। १० को उपचार भइसकेको र एक जनाको अवस्था गम्भीर रहेको पनि अध्यक्ष श्रेष्ठले जनाकारी दिए।
गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ। गुम्बागाउँमा तीन दिनयता बिरामीको संख्या बढेको छ।
आज बिहानसम्म २०१ जनाले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन्। उनीहरुमध्ये १५० जनामा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको छ।
पढ्नुहोस्
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाको जस्तै लक्षणका बिरामी २०१ पुगे
" /> सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बागाउँमा भाइरल संक्रमण भए पनि कोरोना भाइरसको संक्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू २८ माघबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।चापागाईले आफूहरुले गुम्बागाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको पनि बताए। गुम्बागाउँ क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरू गरिएको छ।

">