काठमाडौं। चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपाली विद्यार्थी ल्याउनको लागि जाने जहाज, पाइलट र क्रु–मेम्बरको टुङ्गो लागेको छ। नोबेल कोरोना भाइरसको संक्रमित क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारले चार्टर्ड जहाज चीन पठाउन लागेको छ।
आगामी ३ फागुनमा नेपाली विद्यार्थीलाई वुहानबाट काठमाडौं ल्याउने तय भएको छ।
नेपाल वायु सेवा निगमले वुहान पठाउनको लागि तीन जना पाइलट र ६ जना क्याविन-क्रु मेम्बरको टुङ्गो लगाएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
“वुहानमा रहेका नेपाली विद्यार्थी लिनका लागि जाने जहाज र त्यसको क्रु-मेम्बर टुङ्गो लगाएर प्रशिक्षण दिइरहेका छौं। ६ जना क्याविन–क्रु र तीन जना पाइलट सहितको जहाज वुहान पठाउन लागिएको छ”, खड्काले देखापढीसँग भनिन्। तर, क्रु-मेम्बरको नाम भने खुलाउन नमिल्ने उनले बताइन्। नेपाल वायु सेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउन लागिएको छ।
छानिएका क्रु–मेम्बरलाई स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आजै नेपाल वायुसेवा निगमको हलमा प्रशिक्षण दिएका छन्। उनीहरुले कोरोनाको संक्रमणबाट बच्ने उपायहरुका बारेमा पाइलट र क्रु–मेम्बरहरुलाई प्रशिक्षण दिएको खड्काले बताइन्।
सरकारले चीनमा रहेको नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि ३ फागुनमा जहाज पठाउन लागेको चिनियाँ पक्षलाई जानकारी गराइसकेको छ।
वुहानमा रहेको १८० जना नेपालीले नेपाल फर्कनको लागि बेइजिङस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका छन्। उनीहरुको नाम दूतावासले नेपाल सरकार र नेपाल वायु सेवा निगमलाई पठाइसकेको छ।
" /> काठमाडौं। चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपाली विद्यार्थी ल्याउनको लागि जाने जहाज, पाइलट र क्रु–मेम्बरको टुङ्गो लागेको छ। नोबेल कोरोना भाइरसको संक्रमित क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारले चार्टर्ड जहाज चीन पठाउन लागेको छ।आगामी ३ फागुनमा नेपाली विद्यार्थीलाई वुहानबाट काठमाडौं ल्याउने तय भएको छ।

">