काठमाडौं। भारतको भिस्तारा एअरलाइन्सले आजदेखि काठमाडौं-दिल्ली उडान शुरू गरेको छ। भारतको टाटा समूह र सिंगापुर एअरलाइन्सको जोइन्ट भेन्चरमा सञ्चालनमा आएको भिस्ताराले भारत बाहिरको पाँचौ गन्तव्यका रूपमा काठमाडौं उडान शुरू गरेको हो।
दैनिक एक उडान शुरू गरेको एअरलाइन्सले काठमाडौं-दिल्लीको दुईतर्फी भाडा १५ हजार ८०० रूपैयाँ तोकेको छ। यस्तै बिजनेश क्लासको भाडा भने ६१ हजार रूपैयाँ तोकिएको जानकारी कम्पनीले दिएको छ।
भिस्तारका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्नले दिल्लीदेखि काठमाडौंसम्मको उडान शुरू हुँदा कम्पनीमा उत्साह थपेको बताए। उनले भने, "यस उडानबाट यात्रुहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने प्रयास गर्ने छौं।"
भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहे पनि नेपाल र दिल्लीको यात्रामा भने प्रिमियम र इकोनिम वर्गको गरी दुई श्रेणीको सिट सुविधा मात्र छ। एअर बस र बोइङ विमानबाट सेवा दिँदै आएको कम्पनीले सबै ठाउँमा गरी दैनिक २०० उडान गर्दै आएको छ।
भिस्तारामा टाटाको ५१ र सिंगापुर एअरलाइन्सको ४९ प्रतिशत शेयर छ। कम्पनीले आफ्नो पहिलो उडानका रूपमा सन् २०१५ मा दिल्ली-मुम्बई उडान शुरू गरेको थियो।
" /> काठमाडौं। भारतको भिस्तारा एअरलाइन्सले आजदेखि काठमाडौं-दिल्ली उडान शुरू गरेको छ। भारतको टाटा समूह र सिंगापुर एअरलाइन्सको जोइन्ट भेन्चरमा सञ्चालनमा आएको भिस्ताराले भारत बाहिरको पाँचौ गन्तव्यका रूपमा काठमाडौं उडान शुरू गरेको हो।दैनिक एक उडान शुरू गरेको एअरलाइन्सले काठमाडौं-दिल्लीको दुईतर्फी भाडा १५ हजार ८०० रूपैयाँ तोकेको छ। यस्तै बिजनेश क्लासको भाडा भने ६१ हजार रूपैयाँ तोकिएको जानकारी कम्पनीले दिएको छ।

">