सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जंगी अड्डाले आज पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएको हो ।
१८ अक्टोबरदेखि २७ अक्टोबरसम्म हुने उक्त प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक सहभागिता जनाउन लागेको मिसन प्रमुख महासेनानी शसीकिरण रायमाझीले जानकारी दिए। उनका अनुसार सन् २०१८ मा नेपालले सीआईएसएमको सदस्यता प्राप्त गरेको थियो।
सदस्य भएपछि विभिन्न अन्तर्राष्ट्रिय बैठक, सेमिनारहरूमा नेपाली सेनाले सहभागिता जनाउँदै आइरहेको छ।
प्रतियोगितामा २५ वटा खेल प्रतियोगिता र दुईवटा प्रदर्शन खेल गरी २७ खेल सञ्चालन हुनेछन्। जसमा १०५ राष्ट्रका १० हजार ७१९ खेलाडी तथा अफिसियलहरूले सहभागिता जनाउने छन्।
नेपाली सेनाले भने १३ वटा खेलमा मात्रै सहभागिता जनाउने महासेनानी रायमाझीले जानकारी दिए।
नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचडी, फेन्सिङ्, जुडो, ट्रयाथललन, ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो, वीच भलिबल, कुस्ती, मोडर्न पेन्टाथलन र सुटिङमा सहभागिता जनाउन लागेको हो।
प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका पाँच विशेष अतिथि, अफिसियल र मेडिकलतर्फ २१ जना, खेलाडीहरु ४० जना, मिडियाकर्मी तीन गरी ६४ जना सहभागी रहनेछन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयले प्रतियोगिताले नेपाली सेना र नेपाललाई नै विश्व खेल जगतमा चिनाउनुका साथै सम्पूर्ण खेल कौशल, आत्मविश्वास बढाउन कोशेढुंगा सावित हुने बताए।
सेनाले प्रतियोगिताले भविष्यमा नेपालले पर्यटन क्षेत्र विकासका लागि गरेको भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्न सक्ने विश्वाससमेत लिएको छ।
सीआईएसए अर्थात् अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद एक अन्तर्राष्ट्रिय संस्था हो। विश्व ओलम्पिक कमिटिसँग आवद्ध रहेर विभिन्न देशका सेनाहरू सहभागी गराई विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
" /> सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जंगी अड्डाले आज पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएको हो ।

">