पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट हालेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईले नीतिगत निर्णय गरेकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाउँदै आएको छ।

न्यौपानेले रिटमा नीतिगत निर्णय गरेकाहरूलाई पनि मुद्दा चलाउनुपर्ने आदेशको माग गरेका छन्।

रिटको पेशी २ फागुनका लागि तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

अख्तियारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन तीनजना मन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्