अजित मिजार मृत्यु प्रकरणको छानबिन गर्न सांसद विमला विश्वकर्माको माग
काठमाडाैं। नेकपाकी सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारका हत्यारालाई कारबाही हुनुपर्ने माग गरेकी छिन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले अजित मृत्यु प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेकी हुन्।

“तीन वर्षदेखि त्रिभुवन शिक्षण अस्पतालमा मिजारको शव न्यायको पर्खाइमा छ”, उनले भनिन्, “पीडितले न्याय पाएका छैनन्। मृतकका परिवारले सत्यतथ्य छानबिन नभएसम्म शव दाहसंस्कार नगर्ने भनेर बसेका छन्। सरकारले गहन छानबिन गरोस्।”

घटनाको निष्पक्ष अनुसन्धान नगरेकै कारण अहिलेसम्म शव दाहसंस्कारसमेत नगरेको उनले बताइन्।

“यो युद्धकालीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रमा पर्ने मुद्दा नभई नितान्त दलित र गैरदलितबीचको अन्तरजातीय विवाहसँग सम्बन्धित घटना हो”, उनले भनिन्, “राज्यले ध्यान देओस्।”

२५ असार २०७३ मा काभ्रेकै गैरदलित युवतीसँग प्रेम विवाह गरेका अजितको शव २९ असारमा धादिङमा झुण्डिएको अवस्थामा भेटिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्