विराटनगर। प्रदेश १, प्रदेश सभाको आज बसेको बैठकमा ‘प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ।
सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य अम्बिका थापाले विधेयकमा नीतिगत राम्रो भए पनि यसलाई समृद्ध एवं सबल बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गरिन्। उनले पहाडी जिल्लामा विकास निर्माणको काम गर्दा पर्यावरणमा विशेष ध्यान दिने किसिमको विधेयक हुनुपर्नेमा जोड दिएकी छन्।
सदस्य तुलसीप्रसाद न्यौपानेले जनताको मौलिक हकसँग जोडिएको यो विधेयकमा गहन छलफल हुनुपर्ने बताए।
सदस्य नवोदिताकुमारी चौधरीले वातावरणमा नराम्रो गरी पिल्सिरहेको विकासशील मुलुकलाई विधेयकले वातावरण संरक्षण गर्न मद्दत गर्ने विचार व्यक्त गरिन्।
सदस्य मोहनकुमार खड्काले विधेयकले पर्यावरणसँगै विकास निर्माणमा पनि सहज गर्ने भए पनि यसलाई अझ सुदृढ र सबल बनाउन विषयगत समितिमा छलफल गर्नुपर्ने माग गरे।
प्रदेश सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा सरकार र सभाको ध्यानाकर्षण गराएका थिए।
सदस्य कुलप्रसाद साम्बाले मोरङमा केही दिनपहिले भएको आपराधिक घटनामा छ करोड रूपैयाँभन्दा बढी नोक्सानी भएपछि अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएकाले यस सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।
सदस्य लीला सुब्बाले धनकुटाका २६ शहीदमध्ये १६ जनाका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार पाँच लाख रूपैयाँ दिने घोषणा गर्नु विभेद् भएकाे बताइन्।
सदस्य विमल कार्कीले गाँजा खेतीबाट प्रशस्त आम्दानी हुने भएकाले किसानलाई आम्दानीको भरपर्दो स्रोत बनाउन गाँजा खेती गर्न सरकारले स्वीकृत दिनुपर्ने माग गरे। रासस
" /> विराटनगर। प्रदेश १, प्रदेश सभाको आज बसेको बैठकमा ‘प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ।सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य अम्बिका थापाले विधेयकमा नीतिगत राम्रो भए पनि यसलाई समृद्ध एवं सबल बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गरिन्। उनले पहाडी जिल्लामा विकास निर्माणको काम गर्दा पर्यावरणमा विशेष ध्यान दिने किसिमको विधेयक हुनुपर्नेमा जोड दिएकी छन्।

">