काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको दाबी गरेको छ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ।
सरकरले चीनमा रहेका नेपालीलाई ३ फागुनमा नेपाल फर्काउने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको उल्लेख छ।अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै संक्रमण देखिएको र ती व्यक्ति पनि ठीक भएर घर फर्किसकेको पनि विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शंका लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ। चीनबाट ल्याउन लागिएका विद्यार्थी कोरोना भाइरसबाट संक्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको पारेको छ।
कोरोना भाइरस चीनसहित २४ देशमा देखिएको छ।रासस