चीनबाट फर्किएका एक व्यक्ति कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना
कैलाली। केहीदिन अघि चीनबाट फर्किएका एक युवक कैलालीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।
चीनबाट फर्किएका उनी अस्पताल भर्ना भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले स्वीकार गरे।
सामान्य ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि ती युवक आज अस्पताल भर्ना भएको डा. पाण्डेले जानकारी दिए।
उनले भोलि, १ फागुनमा संकलित नमुना बिहानै काठमाडौं पठाउने बताए।
छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अनाइएको छ।
चीन र भारत दुबै देशसँग नाका जोडिएका कारण कैलालीको सेती प्रादेशिक र कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना भाइरसको उपचारका लागि छुट्टै टोली खटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्