'जनयुद्ध दिवस' : नेकपाले शहीदको स्मृति गरेर मनाउँदै

काठमाडौं। आज 'जनयुद्ध दिवस'। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जली सभा देशभरि गर्ने भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान ९ बजे तय गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले देखापढीलाई बताए।

तत्कालीन माओवादीले 'जनयुद्ध' शुरू गरेको दिन १ फागुनलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रीबीच एकता भएपछि यो दिनलाई जनआन्दोलन र जनयुद्धका शहीद भएकाहरूको स्मृतिमा लिन थालिएको हो।

पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जली सभा गरेको थियो।

नेकपाले ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले कार्यक्रम गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्