हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने

काठमाडौं। हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

२९ माघमा सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो।

बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ रूपैयाँ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताए।

२७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५/७६ मा एक खर्ब १३ अर्ब नौ करोड निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।

जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो। रासस

प्रतिक्रिया दिनुहोस्