धुम्बाराहीमा 'जनयुद्ध दिवस' : प्रधानमन्त्री अनुपस्थित, माधव र झलनाथ पनि गएनन् (तस्वीरहरूसहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्झना गर्दै आज 'जनयुद्ध दिवस' मनाइरहेको छ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा जारी छ।

सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि उनी सहभागी भएनन्।

वरिष्‍ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पनि कार्यक्रममा उपस्थित छैनन्।

प्रधानमन्त्री ओली स्वास्थ्यको कारण साथै नेता नेपाल विदेशमा र खनाल काठमाडौंबाहिर भएकाले अनुपस्थित भएको बताइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन्।

तत्कालीन माओवादीले सशस्त्र युद्ध शुरू गरेको दिन १ फागुनलाई 'जनयुद्ध दिवस' को रूपमा मनाउँदै आएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रीबीच एकता भएपछि यो दिनलाई जनआन्दोलन र जनयुद्धका शहीद भएकाहरूको स्मृतिमा लिन थालिएको हो।