'जनयुद्ध दिवस' मा नेकपा अध्यक्ष दाहालले भने- 'युद्धले पार नलाग्ने बुझेकै कारण शान्ति सम्झौता सम्भव'

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा पुगेपछि कम्युनिष्‍टमा विचलन आउने भन्दै आफूहरू सत्ता स्वार्थमा नलाग्‍ने बताएका छन्।

'जनयुद्ध दिवस' नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित जनआन्दोलन र जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्‍टको रोगको कारक नेताहरू नै भएको स्वीकारे।

उनले भने, "सत्ता स्वार्थमा लाग्‍नु हुँदैन भन्ने हामीले बुझेका छौँ, हामी त्यसमा सचेत छौँ। राष्ट्र र जनताप्रति हामि गलत गर्दैनौँ।"

अध्यक्ष दाहालले अहिले दुईतिहाइ जनताको चेतनाका कारण नेकपालाई दुई तिहाइको सम्भव भएको दाबी गरेका छन्।

"जनताको भावनालाई समेट्दै जनतालाई नै साथ लिएर समाजवाद निर्माण गर्नेतर्फ अघि बढेका छौँ। आजको दिन भनेको त्यही प्रतिज्ञा गर्ने दिन हो।"

२०५२ सालमा तत्कालीन माओवादीले शुरू गरेको सशस्त्र विद्रोह २००७ साल, २०१७ साल लगायतका विभिन्न चरणको आन्दोलनसँग सम्बन्धित भएको विद्रोह भएको दाहालले बताएका छन्।

लामो युद्धले पार नलाग्‍ने आफूहरूको बुझाइको कारण नै विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन हुँदै यहाँसम्म आएको दाहालले उल्लेख गरे।

नेतृत्वले सबै विश्लेषणसहित गरेको पार्टी एकतालाई हल्का रूपले नलिन उनको आग्रह थियो।

प्रतिक्रिया दिनुहोस्