काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले १० वर्षे युद्धमा मारिएका पूर्वएमालेका तीन सयभन्दा बढी कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका छन्।
'जनयुद्ध दिवस' को अवसरमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेकपाद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले अहिले प्राप्त लोकतान्त्रिक उपलब्धि र राजनीतिक परिवर्तनमा माओवादी सशस्त्र युद्ध र जनआन्दोलनको भूमिकाको स्मरण गरे।
"हामीले जनयुद्ध दिवस मनाउँदै गर्दा पूर्व एमालेका तीन सयभन्दा बढी कार्यकर्ताले रगत बगाएका छ्न्", उनले भने, "त्यसको लेखाजोखा हुनु जरुरी छ। गल्ती र कमजोरी सुधारेर हामी अघि बढ्ने छौँ।"
नेता गौतमले सामन्तवाद अन्त्य भइसकेको भन्दै अब समाजवाद निर्माणको अभियानमा लाग्ने बताए।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले १० वर्षे युद्धमा मारिएका पूर्वएमालेका तीन सयभन्दा बढी कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका छन्।'जनयुद्ध दिवस' को अवसरमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेकपाद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले अहिले प्राप्त लोकतान्त्रिक उपलब्धि र राजनीतिक परिवर्तनमा माओवादी सशस्त्र युद्ध र जनआन्दोलनको भूमिकाको स्मरण गरे।

">