आंकडा नै हेर्ने हो भने पनि नेपाल माथिल्ला १५ को सूचीमा पनि आउँदैन। बरु चीन पाचौं स्थानमा र भारत १० औं स्थानमा आउँछन्।
यसको अर्थ नेपाल खानेपानीमा गरीब नै भने होइन। हिमालय, महाभारत र चुरे तीनै पर्वत श्रृंखलाहरुमा मूल बनाएर बहने थुप्रै नदीनाला भएकाले नेपालमा खानेपानी प्रचुर छ।
गार्जियन दैनिकले सन् २०१७ मा प्रकाशन गरेको एक समाचार अनुसार नेपालका ९१ प्रतिशत मानिस परिष्कृत स्रोतबाट पानी पिउँछन्।
तर, त्यसमध्ये ७४ प्रतिशतले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इ. कोली पाइन्छ।
यी संख्याले बताउँछन्- नेपाल खानेपानीको उपलब्धताको कोणबाट तन्नम गरीब भने छैन। नेपालसँग खानेपानीका प्रशस्त स्रोत छन्।
तर, यसको शुद्धताको सुनिश्चितता भने गर्न सकिरहेको छैन। त्यसैले नेपाली बजारमा खानेपानी पनि विदेशबाट आयात हुने गरेको छ।
चार वर्षको अवधिमा यूएईबाट मात्र २८ लाख ४७ हजार रूपैयाँको खानेपानी आएको छ। यद्यपि, सबैभन्दा बढी खानेपानी भारतबाट आउँछ।
चार वर्षमा भारतबाट कुल तीन करोड ९६ लाख रूपैयाँको पानी आयात भएको तथ्यांक छ।
त्यो पनि स्वच्छ पानीको स्रोत कम भएका मानिने खाडी मुलुक संयुक्त अरब ईमिरेट्स (यूएई)सहित अन्य दर्जन मूलुकबाट।
चालू आर्थिक वर्ष २०७५/७६ को शुरूको ६ महीनामा मात्र नेपालले कुल १६ लाख १६ हजार रूपैयाँको पानी आयात गरेको छ।
तर, यस अवधिमा नेपालबाट जम्मा १ लाख ६८ हजार रूपैयाँको पानी निर्यात भएको छ। अर्थात्, ६ महीने अवधिमा खानेपानीको वैदेशिक व्यापारमा समेत नेपालले १४ लाख ४८ हजारले घाटा ब्यहोरेको छ।
यस अवधिमा नेपालले बेलायत, संयुक्त अरब इमिरेट्स, भारत, थाइल्याण्ड, पोल्याण्ड, अमेरिका, फ्रान्स, इटाली, जापान, फिलिपिन्स र क्यानडाबाट पानी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
आयात हुने पानी चार प्रकारका छन्- हिउँबाट प्रशोधन गरिएको, मिनरलयुक्त, चिनी मिसाइएको र चिनी नमिसाइएको।
युएईबाट चिनी मिसाइएको र नमिसाइएको प्रशोधित पानी आउने गरेको छ।
यस्तै, भारत र यूरापेली देशबाट हिउँबाट प्रशोधित र मिनरलयुक्त पानी समेत आउने गरेको छ।
चार वर्षमा सात करोडको पानी आयात
पछिल्लो चार आर्थिक वर्षमा नेपालले विदेशबाट जम्माजम्मी सात करोड ४० लाख रूपैयाँको पानी आयात गरेको छ।
आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्ममा १३ मुलुकबाट उक्त परिमाणको २१ लाख लिटर पानी आयात भएको हो।
यूएई, भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, अष्ट्रेलिया र क्यानडा लगायतका देशबाट खानेपानी आयात हुँदै आएको छ।
चार वर्षको अवधिमा यूएईबाट मात्र २८ लाख ४७ हजार रूपैयाँको खानेपानी आएको छ।
यद्यपि, सबैभन्दा बढी खानेपानी भारतबाट आउँछ। चार वर्षमा भारतबाट कुल तीन करोड ९६ लाख रूपैयाँको पानी आयात भएको तथ्यांक छ।
३५ लाख ५६ हजारको निर्यात
यी चार वर्षमा नेपालबाट कुल ३५ लाख ५६ हजार रूपैयाँको मात्र पानी निर्यात भएको छ।
नेपालबाट भारत, चीन, फ्रान्स, कोरिया, जर्मनी, यूएई र अमेरिकातर्फ पानी निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
जसमध्ये सबैभन्दा बढी कोरियामा १२ लाख ३२ हजार रूपैयाँको निर्यात भएको छ।
चीनमा चार लाख ५४ हजारको, फ्रान्समा तीन लाख ६८ हजारको र अमेरिकामा ११ हजार रूपैयाँको पानी निर्यात भएको छ।
यस्तै, यूएईमा सात हजार रूपैयाँको पानी निर्यात भएको छ।
किन हुन्छ आयात ?
नेपाल खानेपानीमा परनिर्भर भएकाले वा आमजनताको आवश्यकताका कारण विदेशबाट खानेपानी आयात गरिने भने होइन।
विदेशबाट आयात हुने अधिकांश खानेपानी जुन जुन देशबाट ल्याइन्छन्, त्यही देशका दुतावासले प्रयोग गर्ने गरेका छन्।
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारी भन्छन्, “दूतावासबाहेक विदेशबाट आयातित पानी पाँच तारे होटलमा खपत हुन्छ। तर, थोरै परिमाणमा।”
त्यसबाहेक सर्वसाधारणले विदेशबाट आयातीत पानीको प्रयोग नगर्ने गरेको उनको भनाई छ।
विदेशबाट आउने पानीको मूल्य महँगो भएकाले सर्वसाधारण लक्षित गरेर आयात गरिएको पानी मिति सकिँदा पनि बिक्री नभई बस्ने गरेको उनी बताउँछन्।
नेपालमा उत्पादित पानीको मूल्य प्रतिलिटर २०/२५ रूपैयाँ पर्छ।
तर, आयातीत पानी प्रतिलिटर १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्म पर्छ।
त्यसैले नेपालीले विदेशको पानी प्रयोग गर्ने सम्भावना कम रहेको भण्डारीको भनाई छ।
गुणस्तरसँगै मूल्य महँगो भएकाले धेरै मूल्य देखिए पनि नेपालमा खपत हुने पानीको थोरै हिस्सामात्र विदेशबाट आउने गर्छ।
निर्यात गर्ने सरकारको योजना
खानेपानी मन्त्रालय नेपालबाट ठूलो परिमाणमा खानेपानी विदेश निर्यात गर्ने योजना बनाइरहेको छ।
मिनरलयुक्त, हिउँबाट प्रशोधित, चिनी मिसाइएको र नमिसाइएको पानी निर्यातको सम्भावना रहेको भन्दै मन्त्रालयले पानी निर्यात गर्ने बताउँदै आएको छ।
त्यसका लागि मन्त्रालयले समिति नै गठन गरेर खानेपानी निर्यातको सम्भावित स्रोत र बजारको अध्ययन गर्दै छ।
प्रारम्भिक अध्ययनबाट नेपालबाट निर्यात हुने खानेपानीको सम्भावित बजार कतारसहित खाडी मूलुक हुन सक्ने बताइएको छ।
कतार स्वयम् पनि नेपालबाट खानेपानी आयात गर्न इच्छुक देखिएको छ।
मन्त्रालयका प्रवक्ता रितेककमार शाक्यले खानेपानी विधेयक यतिबेला संसदमा छलफलको क्रममा रहेको बताए।
विधेयक बनेपछि निर्यातका लागि सहज हुने बताउँदै उनले भने, “मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ।”
खानेपानी निर्यातका लागि निजी क्षेत्रसँग समेत सहकार्य गरिरहेको जानकारी मन्त्रालयले दिएको छ।
" /> आंकडा नै हेर्ने हो भने पनि नेपाल माथिल्ला १५ को सूचीमा पनि आउँदैन। बरु चीन पाचौं स्थानमा र भारत १० औं स्थानमा आउँछन्।यसको अर्थ नेपाल खानेपानीमा गरीब नै भने होइन। हिमालय, महाभारत र चुरे तीनै पर्वत श्रृंखलाहरुमा मूल बनाएर बहने थुप्रै नदीनाला भएकाले नेपालमा खानेपानी प्रचुर छ।

">