घट्यो टेलिकमको नाफा
काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा घटेको छ। सरकारी स्वामित्वमा रहेको सेवा प्रदायक कम्पनी टेलिकमको नाफा एक करोड ५५ लाख रूपैयाँले घटेको हो।

टेलिकमले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ९५ करोड ४६ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। तर, यस वर्षको दोस्रो त्रैमासमा ०.३१ प्रतिशतले घटेर ४ अर्ब ९३ करोड ९१ लाख रूपैयाँ कमाएको छ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा असर परेको हो। ६ महिनामा कम्पनीको आम्दानी १९ अर्ब २६ करोड रूपैयाँ रहेको छ। गत वर्षको ६ महिनामा कम्पनीले २१ अर्ब ७१ करोड रूपैयाँ आम्दानी गरेको थियो।

टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा तीव्र प्रतिस्पर्धा, नयाँ प्रविधि, ओभर द टफ एप्लिकेसनजस्ता कारण देखाएको छ। हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब रूपैयाँ र जगेडा कोषमा ७४ अर्ब ३६ करोड रूपैयाँ सञ्चित रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्