प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्।

भोलि, २ फागुनमा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा संसदबाट सम्बोधन गर्न लागेका हुन्।

३ फागुन २०७४ मा ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

संसदको सम्भावित कार्यसूची अनुसार ओलीको सम्बोधनपछि शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नेछिन्।

यस्तै, प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले दुईवटा प्रस्ताव पेश गर्नेछन्।

‘कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’, भन्ने प्रस्ताव र ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्