काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी छन्।
आज मन्त्रालयमा मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र जारी गर्दै मन्त्री मगरले यस्तो बताएकी आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेकोसमेत उनले उल्लेख गरिन्।
खानेपानी मन्त्री बिना मगरले आयोजनाले अहिलेसम्म विभिन्न समस्या बेहोर्न परेको बताइन्। “ठेकेदार समस्या, मजदुर समस्या र स्थानिय समस्या गरी धेरै प्रकारका समस्या बेहोर्दै आएको आयोजना अब सम्पन्न हुने मुखमा पुगेको छ”, मन्त्री मगरले भनिन्।
इटालियन कम्पनी सीएमसी आयोजना छाडेर भागेपछि सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको थियो। चिनियाँ कम्पनीले निर्माणको जिम्मेवारी पाएपछि काम तीब्र रूपमा अघि बढेको मन्त्रालयले जनाएको छ।
असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको समेत जनाएको छ।
आयोजना प्रमुख तेजकुमार खत्रीले आवश्यक ठाउँमा आवश्यक संख्यामा कर्मचारी खटाएर निर्माणको काम तीब्र पारिएको जानकारी दिए। उनका अनुसार समग्रमा मेलाम्ची आयोजनाको ९४ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ।
यस्तै, हालसम्म २७ अर्ब ९४ करोड (९० प्रतिशत) रकम खर्च भएको जानकारी आयोजनाले दिएको छ।
सिनो हाइड्रोले पुससम्म सक्नेगरी जिम्मा लिएको भएपनि बोनस पाउने आसमा असार मसान्तमै सक्ने दाबी खत्रीले गरे। उनले भने, “कम्पनीले छिटो काम सके बोनस दिने गरी सहमती भएको छ। सोहीकारण असार मसान्त भित्रै काम सकिनेमा हामी आशाबादी छौं।”
" /> काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी छन्।आज मन्त्रालयमा मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र जारी गर्दै मन्त्री मगरले यस्तो बताएकी आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेकोसमेत उनले उल्लेख गरिन्।

">