प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्‍चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
सुदूरपश्चिम प्रदेशः खरीद गरेको चार महीनापछि बाँडियो एम्बुलेन्स
बिरामीको बेहाल छ, ६ करोडमा किनेका १६ एम्बुलेन्स निर्देशिका नबन्दा अलपत्र
" /> प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्‍चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
सुदूरपश्चिम प्रदेशः खरीद गरेको चार महीनापछि बाँडियो एम्बुलेन्स
बिरामीको बेहाल छ, ६ करोडमा किनेका १६ एम्बुलेन्स निर्देशिका नबन्दा अलपत्र
"> प्रदेश सरकारले बाँडेका एम्बुलेन्स प्रयोगविहीन: Dekhapadhi
प्रदेश सरकारले बाँडेका एम्बुलेन्स प्रयोगविहीन
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका १६ एम्बुलेन्समध्ये केही एम्बुलेन्स तीन महीनामै थन्किएका छन्।
बझाङको छबिसपाथिभेरा गाँउपालिकाको मटेला स्वास्थ्य चौकीलाई प्रदान गरिएको एम्बुलेन्स माघ पहिलो साता जोरायल गाउँपालिका वडा नम्बर २ बुडर डोटीमा दुर्घटना हुँदा अहिले थन्काइएको छ।
छबिसपाथिभेरा गाउँपालिकाका स्वास्थ्य संयोजक अम्मरबहादुर थापाले एम्बुलेन्स मर्मतका लागि धनगढी पठाइएको बताए।
उनले भने, “एम्बुलेन्स सञ्चालनको सम्पूर्ण जिम्मेवारी वडालाई दिएका थियौँ। के कसरी दुर्घटना भयो विस्तृत जानकारी छैन।”
बैतडीको डिलासैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीको एम्बुलेन्स  पाँच दिनदेखि डिभिजन वन कार्यालय दार्चुलाको नियन्त्रणमै छ।
उता बाजुराको टाटे स्वास्थ्य चौकीले पाएको एम्बुलेन्स पनि बिग्रिएको छ। नेपालगञ्ज बिरामी पुगाएर बाजुरा फर्किने क्रममा एम्बुलेन्स बिग्रिएको टाटे स्वास्थ्य चौकीका प्रमुख दीपक शाहले बताए। उनका अनुसार बाजुरा र अछामको सीमानामा एम्बुलेन्स बिग्रिएपछि अहिले सोही ठाउँमा एम्बुलेन्स राखिएको छ।
उता बैतडीको डिलासैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीको एम्बुलेन्स  पाँच दिनदेखि डिभिजन वन कार्यालय दार्चुलाको नियन्त्रणमै छ। सरकारी एम्बुलेन्समै चित्तल तस्करी गरेको भेटिएपछि उक्त एम्बुलेन्स नियन्त्रणमा राखिएको हो।
बैतडीकै पञ्चेश्वर गाउँपलिकाकी उपाध्यक्ष बिना भट्टले कुलाउ स्वास्थ्य चौकीले पाएको एम्बुलेन्स सञ्चालनमा रहेको तर, पहाडी क्षेत्रमा चलाउन समस्या भएको गुनासो बताइन्। उनले ठूलो गाडी भएको कारण गाउँगाउँमा एम्बुलेन्स सञ्चालन गर्न नसकिएको स्वीकार गरिन्।
नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले एम्बुलेन्स सञ्चालनमा रहेको तर, गाउँगाउँमा सेवा दिन नसकिएको बताए।
उता दार्चुलामा पनि प्रदेश सरकारले दुई एम्बुलेन्स हस्तान्तरण गरेकोमा अहिले दुवै एम्बुलेन्स सम्वन्धित स्वास्थ्य संस्था सम्म पुगेका छैनन्। दुहु गाउँपालिकाले कालोपत्रे भएको स्थानमा मात्रै एम्बुलेन्स चलाइरहेको गाउँपालिकाका सूचना अधिकारी विरेन्द्र जोशीले बताए। उनले स्वास्थ्यचौकी भएको स्थानमा सडक सुविधा नहुँदा स्वास्थ्य संस्थासम्म एम्बुलेन्स पुगाउन नसकिएको बताए।
नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले एम्बुलेन्स सञ्चालनमा रहेको तर, गाउँगाउँमा सेवा दिन नसकिएको बताए। बिरामी बोकेवापत पाउने भाडाबाट मात्रै एम्बुलेन्स सञ्चालन गर्न नसकिने भएपछि अहिले स्वास्थ्य संस्था र स्थानीय तहको रोजाइमा पनि प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्स परेका छैनन्।
त्यसैमा प्रदेश सरकारले बाँडेको एम्बुलेन्स कम गतिमा गुड्ने समस्या रहेको चालकहरूले बताएका छन्। पहाडी जिल्लामा चलाउँदा असुरक्षा समेत भएको भन्दै चालकहरू त्रसित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले २० कात्तिकमा एम्बुलेन्स वितरण गर्दै सञ्चालनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएको थियो।
पढ्नुहोस्
प्रदेश सरकारले दोब्बर मूल्यमा किनेका एम्बुलेन्स दुई महीनामै बिग्रिए!
सुदूरपश्चिम प्रदेशः खरीद गरेको चार महीनापछि बाँडियो एम्बुलेन्स
बिरामीको बेहाल छ, ६ करोडमा किनेका १६ एम्बुलेन्स निर्देशिका नबन्दा अलपत्र
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्