ओक्सेम्बर्ग ब्राण्डको आउटलेट अब नेपालमा
काठमाडौं। भारतीय कम्पनी सियाराम समूहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट नेपालमा खुलेको छ।

भारतको विश्वसनीय मानिएको ब्राण्डको पहिलो आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको हो।

आज नै ललितपुरको कुमारीपाटी, लबिम मल तथा विराटनगरसहित अन्य तीन स्थानमा स्टोर खुलेका छन्। सिभिल मलमा रहेको आउटलेटमा औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन्।

यसका कारण शहरीया पुरुषको लागि लुगा खरीद गर्ने यो सहज स्थान हुने कम्पनीले विश्वास लिएको छ। आफ्ना सम्भावित ग्राहकहरूसम्म पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरूमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समूहसँग सहकार्य गरेको छ।

उद्घाटन कार्यक्रममा सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ईपी ड्यानियलले भने, “हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं।”

स्टोरको नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उद्घाटन गरेका थिए। उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डेलगायतको उपस्थिति रहेको थियो।

ओक्सेम्बर्गले उचित मूल्यमा पुरुषका लागि विभिन्न प्रकारका फेशनेबल लुगा उपलब्ध गराउँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्