काठमाडौं। कुनै समय थियो, काँधमा लामो फिता भएको झोलामा झुन्डाइ रेडियो घन्काउँदै हिड्नेहरूको इज्जत नै बेग्लै हुन्थ्यो। घरमा रेडियो भएकाहरू सम्पन्न मानिन्थे। विस्तारै समय फेरियो। रेडियो सबैको पहुँचमा पुग्यो। खल्तिमा अटाउने आकारसम्मका साना रेडियो प्रचलनमा आए। एफएम स्टेशनहरूको विस्तारसँगै रेडियोप्रतिको आकर्षण पनि बढ्दै गयो।
अहिले भने रेडियोका श्रोता कम हुँदै गएका छन्। ‘शेयरकास्ट इनिसिएटीभ’ नेपालले सन् २०१९ मा चार हजार १२९ जनामा गरेको सर्वेक्षणमा ४९ प्रतिशतले रेडियो सुन्ने बताएका छन्। सोही संख्यामध्ये ३७ प्रतिशतले हप्तामा केही समय र १३ प्रतिशतले महीनामा केही समय रेडियो सुन्ने गरेको बताए।
रेडियो सुन्नेमध्ये बिहान, दिउँसो र फुर्सदका बेला रेडियो सुन्नेको संख्या बराबर पाइएको सर्वेक्षणले जनाएको छ।
शेयरकास्ट इनिसिएटीभका अध्यक्ष मधु आचार्य सूचना–प्रविधिको विकाससँगै रेडियोबाट विकर्षण भएको बताउँछन्।
सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशतसँग रेडियो सुन्न मिल्नेगरीको फोनसेट भएको बताइएको छ। तैपनि सर्वेक्षणका सहभागी ५१ प्रतिशतले भने कुनै पनि माध्यमबाट रेडियो नसुन्ने गरेको बताइएको छ।
सिंगो सर्वेक्षण अनुसन्धान गर्ने समयको पछिल्लो ६ महीनाको अभ्यासमा आधारित छ।
अध्यक्ष आचार्य भने रेडियो सुन्ने संख्यामा थपघट हुने बताउँछन्।
“रेडियो सुन्ने श्रोता घटबढ भइरहन्छ, प्राकृतिक विपद्का बेला सबैले रेडियो सुन्न रुचाउँछन्”, उनी भन्छन्।
सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा बढी रेडियो सुन्ने श्रोता सुदूरपश्चिममा छन् भने सबैभन्दा कम प्रदेश दुईमा।
स्थानीयको आवाज रेडियो
सर्वेक्षणमा रेडियो सुन्ने ४९ प्रतिशतमध्ये धेरैले स्थानीय समाचारका लागि सुन्ने गरेको बताएका छन्।
७० प्रतिशतले स्थानीय समाचारका लागि, २९ प्रतिशतले राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचारका लागि र ४८ प्रतिशतले संगीत सुन्नका लागि रेडियो सुन्ने बताएका छन्।
अध्यक्ष आचार्य भन्छन्, “स्थानीय समाचार र सूचनाहरू सुन्न रेडियो माध्यम नै प्रयोग हुने गरेका छन्।”
त्यसैले अहिले स्थानीय तहमा एफएम रेडियो स्थापना हुने क्रम बढ्दो छ। हरेक स्थानीय तहले पनि एफएम सञ्चालन गर्ने अनुमति दिनसक्छन्।
नेपालमा अहिले सञ्चालनको लागि अनुमति प्राप्त एफएम÷रेडियो ७४० वटा सञ्चालनमा छन्।
सामग्रीमै समस्या
सञ्चालनमा रहेका रेडियो अहिले पनि १८ देखि २० घण्टासम्म प्रशारण भइरहेका छन्।
तर, रेडियोबाट प्रसारण हुने ‘कन्टेन्ट’ नहुँदा रेडियोका श्रोता कम छन्। प्रसारण हुने विषय कमजोर हुँदा श्रोता कम भएको आचार्यको ठम्याइ छ।
अध्यक्ष आचार्य भन्छन्, “रेडियो सुन्न बनाउने किसिमका कन्टेन्टमा मिहिनेत गर्नुपर्ने आवश्यकता छ।”
रेडियोहरूमा समाचारबाहेक अन्य कुनै पनि कार्यक्रममा मिहिनेत नगरिएकाले पनि श्रोताको ध्यान तान्न सकेको छैन।
“राम्रो विषयवस्तु र कन्टेन्ट भएका कार्यक्रमहरू श्रोताले सुनिराखेकै हुन्छन्, लोकप्रिय कार्यक्रमहरू धेरैले मन पनि पराउँछन्” उनी भन्छन्।
काठमाडौंका रेडियोहरूमा पनि कन्टेन्ट नभएर श्रोता नभएको उनको बुझाइ छ।
२० चैत २००७ मा रेडियो नेपालको स्थापना भएको थियो। एफएम प्रशारण भने २०५२ सालदेखि शुरू भएको थियो।
१३ फेव्रुअरी सन् २०११ देखि हरेक वर्ष विश्व रेडियो दिवस मनाइन्छ।
" /> काठमाडौं। कुनै समय थियो, काँधमा लामो फिता भएको झोलामा झुन्डाइ रेडियो घन्काउँदै हिड्नेहरूको इज्जत नै बेग्लै हुन्थ्यो। घरमा रेडियो भएकाहरू सम्पन्न मानिन्थे। विस्तारै समय फेरियो। रेडियो सबैको पहुँचमा पुग्यो। खल्तिमा अटाउने आकारसम्मका साना रेडियो प्रचलनमा आए। एफएम स्टेशनहरूको विस्तारसँगै रेडियोप्रतिको आकर्षण पनि बढ्दै गयो।अहिले भने रेडियोका श्रोता कम हुँदै गएका छन्। ‘शेयरकास्ट इनिसिएटीभ’ नेपालले सन् २०१९ मा चार हजार १२९ जनामा गरेको सर्वेक्षणमा ४९ प्रतिशतले रेडियो सुन्ने बताएका छन्। सोही संख्यामध्ये ३७ प्रतिशतले हप्तामा केही समय र १३ प्रतिशतले महीनामा केही समय रेडियो सुन्ने गरेको बताए।

">