काठमाडौं। बाटोमा हिँडिरहँदा फुटपाथमा छटपटिइरहेका, दुईचार पैसाका लागि हात थापिरहेका बिरामी मान्छे देखे तपाइँ के गर्नु हुन्छ ?
पक्कै पनि खल्तीमा हात राख्नुु हुन्छ । पाँच, दश रुपैयाँ दिनुहुन्छ । अनि बाटो लाग्नु हुन्छ ।
बेवारिस परेका मान्छे भेटे के गर्नुहुन्छ ?
अनि, त्यस्तै जीवजन्तु, चराचुरुङ्गी देखे के गर्नुहुन्छ ?
दुर्गानाथ दाहाल (३८) भने टक्क रोकिन्छन् । दुईचार पैसा फालिदिएर हिँड्दैनन् बरु बेवारिस भएका मानिसको उद्वार गर्छन् ।
मानिसको मात्र होइन जीवजन्तु र पशुपंक्षीको पनि उद्वार गर्छन् ।
आफूसँगै लिएर जान्छन् । घर नभएकाको आवास खोजिदिन्छन् । साथ नहुनेको साथ भइदिन्छन् । भोकाहरुलाई भोजन ल्याइदिन्छन् । जसको जिन्दगी दुखिरहेछ उनीहरुको मल्हम बनिदिन्छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘यात्री’ कवितामा भने जस्तै दुखीहरुको पाउ समाउँछन् । आर्तहरुको चहराइरहेको घाउमा मल्हम लगाइदिन्छन् ।
“बाटोमा भेटिने बेवारिस मान्छे हुन् वा पशुपंक्षी र जीवजन्तु, उनीहरुलाई देखेपछि मलाई लाग्छ, दुःखमा परेकाहरुको दैनिकी फेरिनुपर्छ । त्यसका लागि मैले साथ दिनुपर्छ ।” यस्तो छ, दाहालको जीवनदर्शन ।
र त उनी सडक मानवमुक्त समाज निर्माण र सडक बालबालिका मुक्त समाज तयारीको अभियानमा छन् ।
र त असहाय व्यक्तिलाई सहायता दिन हरदम खटिरहेका छन् ।
र त तारकेश्वर नगरपालिका–७ फुटुङमा पाँच रोपनी जग्गामा ‘नवजीवन ग्राम’ निर्माण गरिरहेका छन् ।
उनको परोपकारी भावनाबाट प्रभावित एक दाताले दिएका हुन् यो जग्गा । त्यहाँ उनले ५० जना असहाय व्यक्ति बस्न मिल्ने भवन तयार गरिसकेका छन् ।
थप दुई सय ५० जना बस्न मिल्ने भवन बनाउँदै छन् ।
त्यति मात्र होइन, उनी सात वटै प्रदेशमा नवजीवन ग्रामको शाखा खोल्ने तयारीमा पनि छन् ।
आफैं जुधेका थिए डिप्रेसनसँग
पहिले दुर्गानाथको जीवन यसरी परोपकारी काममा समर्पित थिएन ।
उनी त व्यापार गर्न पसेका थिए राजधानी । काभ्रेको नालाबाट २०६१ सालमा व्यापारी बन्ने ईच्छाले काठमाडौं खाल्डो ओर्लेका थिए उनी ।
भन्छन्, “सानैमा देखेको चकलेट, पुष्टकारी जस्ता स–साना चिजको व्यापारले उनलाई व्यापारी बन्ने सपना जगाइदिएको थियो ।
सोचेजस्तो सहज कहाँ हुन्छ र जीवन ? उनका लागि पनि भएन ।
बुवाको बुढेसकालको छोरा थिए । माया पनि धेरै नै गर्थे । सायद अरु ठूलै सपना देखेका थिए बुवाले छोराका लागि ।
दुर्गानाथलाई भने व्यापारको भूत चढेको थियो । ठ्याक्कै त्यही बेला एक नातेदारले काठमाडौंमा व्यापार गर्ने प्रस्ताव राखे । तर पैसा चाहिन्थ्यो कम्तिमा ६ लाख ।
दुर्गानाथले बुवासँग मागे । बुवा मरिगए त्यत्रो रकम दिन तयार भएनन् । छोराले अंश मागे । बुवा डेग चलेनन् । केही सिप नलागेपछि अनसन बसे । बल्ल आफ्नो भागको अंश पाए ।
त्यही अंशमा आएको जग्गा धितो राखेर उनले पैसा निकाले ।
त्यसपछि काठमाडौको बौद्धमा कपडाको व्यापार सुरु भयो ।
जुनुन थियो व्यापार । राम्रै भयो । १८ महिनामै उनले काठमाडौंमा घडेरी किने । तर उनको खुशी र सफलता धेरै टिकेन ।
२०६४ तिर आइपुग्दा उनका सबै पार्टनरले साथ छोडिदिए । एक्लैले धानेको व्यापारले गतिलो प्रतिफल दिएन । उनी तनावमा फँसे । डिप्रेसनले गाँज्यो ।
“त्यतिबेला त मैले बाटैभरी मानसिक रोगी मात्र देख्थेँ”, दुर्गानाथ सम्झिन्छन्, “मलाई पनि त्यस्तै हुन्छु भन्ने लाग्थ्यो ।”
डाक्टरले भनेपछि पो थाहा पाएका उनले डिप्रेसनमा छु भनेर । अनि औषधी खान थाले । केही सहज हुन थाल्यो ।
पहिलेको व्यापार पनि छोडिदिए । पसल बेचे । नयाँ खोले । फेरी व्यापारले गति लिन थाल्यो ।
“मलाई छोडेका साथी भन्दा पछि पर्छु कि भन्ने सोचले गाँजेको थियो । व्यापार राम्रो हुँदै गएपछि रोगले पनि छोड्यो”, प्रसन्न हुँदै उनले सुनाए ।
भुकम्पले जन्माएको प्रश्न
व्यापार फलिफाप हुँदै थियो ।
नपुग नै के थियो र !
बौद्धमा घर किनिसकेका थिए । सपना थियो ठूलो बंगला बनाउने ।
बाइक किनेका थिए । सपना थियो करोडको गाडी किन्ने ।
तर २०७२ सालको भुकम्पले धर्ती हल्लाए जस्तै हल्लाइदियो उनको मन पनि ।
आफ्नै घरको पाँच तलामाथि नराम्ररी हल्लिए उनी ।
अनि त कर्णदासले गीतमा भनेजस्तै उनले पनि भन्नथाले – जिन्दगीको के भरोसा ?
जिन्दगीको भरोसाहिनताको यही बोधले उनलाई व्यापारबाट परोपकारतिर ढल्काइदियो ।
परोपकारको यो यात्रा शुरु भएको थियो भुकम्पपीडितको सहयोगबाट ।
पसलका धेरै कपडा उनले भूकम्पपीडितलाई बाँडे । त्यसपछिका दुई वर्ष परोपकार र व्यापारलाई सँगै लैजाने प्रयास गरे ।
तर त्यो दिन त आउनै थियो । जसले सोध्नै थियो – व्यापार कि परोपकार ।
उनले रोजिदिए – परोपकार ।
“अरुको उपकार गर्दा आउने आनन्दले मलाई तान्यो”, भन्छन् दाहाल ।
फेरिएको परिचय
मान्छेको परिचय कर्मले बनाउने न हो ।
कर्म फेरिएपछि फेरिन्छ परिचय पनि । जसरी फेरिएको छ दुर्गानाथ दाहालको परिचय ।
कहाँको साहुजी । कहाँ समाजसेवी ।
पहिले उनको परिचयमा नाफाघाटा जोडिएको थियो । व्यापारीको कर्म थियो ।
अहिले त उनी जीवनको पर्याय बनेका छन् ।
साथीहरु त उनलाई सडकका डाक्टर पनि भन्छन् । मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका, पारिवारिक विछोड र अपहेलनाले सडकमा बेवारिस बनेका वा दीर्घरोगको उपचार अभावले भौंतारिइरहेका
मानिसका त डाक्टर नै बनेका छन्, उनी ।
अँ, अलिअलि प्राथमिक उपचार त उनी आफै पनि गर्छन् ।
“गाउँमै एकजना काका भटेरेनरी डाक्टरका रुपमा काम गर्थे । पशुपक्षी विरामी हुन्थे । डाक्टर बोलाउँदा आउन समय लाग्ने । उनकै सल्लाह बमोजिम ड्रेसिङ गर्न, सुई लगाउन सिक्दा सिक्दै काम गर्ने भईयो ।
यो तत्कालका लागि गर्ने काम मात्र हो”, उनी भन्छन् ।
तर नसम्झनुस्, डाक्टरकोमा पु¥याउँदैनन् भनेर ।
प्राथमिक उपचारपछि त डाक्टर नै बोलाउँछन् । अस्पताल नै पुर्याउँछन् ।
एक प्रहरको साथ होइन दिन्छन् जिन्दगीकै उपहार
परोपकारी कामलाई प्रायःले गर्ने एउटा गुनासो हुन्छ– यो क्षणिक हुन्छ । एक छाक, एक दिन, एक प्रहर यत्तिकैमा टुंगिन्छ ।
भूकम्पपछि पनि त कति मान्छे परोपकारमा लागेका थिए । हो, उनीहरुको परोपकारी कर्मले मानिसहरुले तत्काल राहत पाए । तर जिन्दगी त एकछिनको राहतले चल्दैन ।
समयले आहत भएकाले आगतसँग बारम्बार लडिरहनुपर्छ । त्यो लडाइँमा साथ चाहिन्छ । माया चाहिन्छ । आड चाहिन्छ ।
यस्तै आड, यस्तै माया, यस्तै साथ बन्न चाहन्छन् दुर्गानाथ दाहाल । नवजीवन ग्राम उनको त्यस्तै सपना हो ।
“म एक दिन होइन जिन्दगी दिन चाहन्छु”, भन्छन् उनी ।
त्यसैले त नवजीवन ग्राम निर्माणसंगै त्यहाँ ल्याईएका असहाय तथा अशक्तको दैनिकी कसरी राम्रो बनाउने भनेर लागिपरेका छन् ।
शुरुमा त उनले आफ्नै व्यक्तिगत खर्चले सेवा थालेका थिए । तर सानो मुठिले ठूलो भोक कति दिन मेट्थ्यो र ?
उनले सदस्य बनाउन थाले । सदस्यता शुल्क तोके, पाँच हजार एक सय रुपैयाँ ।
सदस्यता वितरण गरेर जम्मा भएको अर्थले केही समय संस्था चलाए पनि । अहिले पनि विभिन्न व्यक्तिले आफ्नो जन्मदिन, वैवाहिक वार्षिकोत्सव तथा अन्य विशेष समयमा संस्थालाई आर्थिक सहयोग गर्ने गरेका छन् ।
दुर्गानाथ भने सधैँ मागेर चलाउने पक्षमा छैनन् ।
पुराना व्यवसायी न परे । ग्राममै फरक व्यवसाय गरेर सञ्चालन गर्ने योजना बुनेका हुन् उनले ।
त्यहाँ उनले चार हजार फूल रोपेका छन् । विभिन्न थरी एक सय फल रोपेका छन् ।
सडकबाट उद्वार गरेर ग्राममा ल्याइएकाहरुले सकेको काम गर्छन् । त्यही कामले उनीहरुको जीवन निर्वाह हुने बाटो बन्दैछ ।
“सडकवाट उठाएर ल्याएर एक दिन खान मात्र दिएर भएन । उसको जीवन परिवर्तन गराउन आवश्यक छ । त्यही बाटो अबको मेरो यात्रा हो । यो यात्रामा मेरो ठूलो उद्देश्य केही छैन ।
मलाई ठूलो मान्छे पनि बन्नु परेको छैन । एउटा मान्छेले गर्नुपर्ने दायित्व पूरा गरिरहेछु भन्ने लाग्छ”– यसैमा सन्तुष्ट छन् दुर्गानाथ ।
" />

">