कैलाली। बैतडीको पाटनस्थित विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्य सकिएको छ। सम्झौता अवधिको झन्डै १८ महिनापछि कालेपत्रेको काम सकिएको हो।
विमानस्थलको कालोपत्रे गर्ने काम सकिए पनि किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए। रावलका अनुसार ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको छ।
त्यस्तै जहाज पार्किङ्का लागि ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन समेत कालोपत्रे गरिएको छ। ११ करोड २९ लाख लागतमा कालोपत्रे गरिएको हो। पेन्टिङको काम पनि सकिएपछि विमानस्थल हस्तान्तरणको प्रक्रियामा जानेछ।
धावन मार्ग निर्माण सकिए पनि टर्मिनल भवन नहुँदा जहाज कहिलेदेखि संचालनमा आउने भन्ने अझै टुंगो छैन। तत्कालिन माओवादीले सशस्त्र द्वन्द्वताका २०५८ सालमा पाटन विमानस्थलको टर्मिलन भवनमा आगजनी गरिदिएको थियो।
पाटन विमानस्थलमा २०३५ सालदेखि हवाई सेवा शुरू भएपनि पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल पुर्ण रुपमा बन्द गरिएको थियो।