प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम स्थागित भएको छ।</p>
<p>नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले संसदको आजको कार्यसूची स्थगित हुने भएको हो।</p>
<p>प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे संसदमा सरकारका दुई बर्षका कामकारबाही समेटेर सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।</p>
<p>“संसद बैठकले उपाध्यायप्रति शोक प्रस्ताव पारित गरेर बाँकी कार्यसूची स्थगित गर्ने तय भएको छ”, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले देखापढीसँग भने, “संसदको यो पहिलेदेखिकै परम्परा हो।”</p>
प्रतिक्रिया दिनुहोस्