प्रतिनिधि सभामा शोक प्रस्ताव पारित
काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

सांसद उपाध्याय २०७४ को राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।

नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिक कार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय थिए।

क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको थियो।

प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक ३ फागुन बिहान ११ बजे बस्नेछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्