काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विशेष अभियानको तयारी पूरा भएको छ ।
१५ माघदेखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव थियो।
फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।
चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप संगठित सदस्यता नवीकरण गर्नुपर्ने छ। १ चैतदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाका कार्यालय सचिव श्रीराम ढकालले बताए। ४ फागुनमा प्रदेश ५ को बुटबलबाट अभियानका लागि भेला र बैठक सुरु भई प्रदेश १ को विराटनगरमा गएर सम्पन्न हुने छ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि यस्तो कार्यक्रम तय भएको हो। अभियानमा शीर्ष नेताहरू पनि सहभागी हुने कार्यक्रम छ ।
अभियानपछि २०७७ भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी २५-३० चैतमा पार्टीको महाधिवेशन गर्ने निर्णय नेकपाले गरेको समाचार आजको गोरखापत्र दैनिकमा छ।