बारामा अवैध मदिरा भट्टीमा डुबेर ५ को मृत्यु

काठमाडौं। बारामा एकै परिवारका चारसहित पाँच जना मदिरा उत्पादन गर्ने भट्टीमा निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको फेटा गाउँपालिका–४ मा घरमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर १५ असोज राती मृत्यु भएकाहरुमा ४० वर्षीय जोगा मुखिया, उनकी पत्नी ३० वर्षीया लालमुनि देवी, जोगाका भाइ ३० वर्षीय महेन्द्र मुखिया विन, छोरा १२ वर्षीय सुमन विन रहेको बारा प्रहरीले जनाएको छ।

पाहुना आएका जोगा मुखियाका ससुरा ५० वर्षीय भारतको हलकटुवा घर भएका वावा भनिनेको पनि सँगै मृत्यु भएको छ।

प्रहरी नायव उपरीक्षक रञ्‍जितसिंह राठौरका अनुसार मदिरा बनाउन घरभित्र बनाइएको भट्टीमा निसासिएर उनीहरुको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ।

"घरको प्यासेजमा अरुले थाहा नपाउने गरि मान्छे छिर्ने मात्र सानो प्वाल राखिएको रहेछ त्यहिंभित्र सबैको मृत्यु भएको देखिन्छ," डीएसपी राठौरले भने।

प्रहरीले केहि समय अघि अवैध मदिरा उत्पादन गर्ने भट्टीहरु बन्द गराउने अभियान चलााएको थियो। प्यासेजभित्र दुवैतिर पर्खाल लगाएर विन परिवारले वाहिरका मानिस कसैले नदेखुने गरि खाल्डो बनाएको प्रहरीले बताएको छ।

मदिरा उत्पादन गर्ने खाल्डो युरिया, गुड र सडेगलेका अन्नहरुले भरिएको थियो।

प्रहरीका अनुसार एक जना खाल्डो भित्र पसेर ननिस्किएपछि उद्दार गर्न जाने क्रममा भित्र निसासिएर सबैको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्