वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरहरू)

काठमाडाैं। नाेबेल कोरोना भाइरसको उद्गमस्थल र केन्द्र मानिएको चीनको हुबेई प्रान्तको वुहानबाट आज राति त्यहाँ रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याइँदै छ।

हुबेई प्रान्तका विभिन्न शहरूबाट बस चढाएर उनीहरूलाई वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो।

स्वदेश फर्कन चीनको वुहानस्थित विमानस्थलतर्फ जान बस चढ्दै नेपाली विद्यार्थी। तस्वीर सौजन्यः डा.सुधिर राउत/रासस

उनीहरूलाई ल्याउन नेपाल एअरलाइन्सको जहाज आज दिउँसो ४ बजे त्यसतर्फ उडिसकेको छ। त्यहाँका विद्यार्थीलाई ल्याएर यो जहाज आजै राति २ः४५ बेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।

नेपाल ल्याएर हुबेईमा अध्ययनरत विद्यार्थीहरू, उद्धारमा गएका पाइलट, चलाक दलका अन्य सदस्य र स्वास्थ्यकर्मीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा दुई साता राखिनेछ।

नेपाल फर्कंदै गरेका अशाेक शाहले बिहानै ट्विट गरे- 'आज हामी वुहानबाट नेपाल आउँदै। कृपया चिन्ता नलिनुस्, हामी संक्रमित छैनौं।'

प्रतिक्रिया दिनुहोस्