काठमाडौं। स्वास्थ्य मन्त्रालयले भक्तपुर खरिपाटी क्वारेन्टाइन आसपासका वासिन्दालाई भयभित नहुन अपिल गरेको छ।
चीनको वुहानबाट ल्याउन लागिएका नेपालीहरू कोरोना भाइरस संक्रमित व्यक्ति नभएको भन्दै संयमित व्यवहार गरिदिन मन्त्रालयले विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।
मन्त्रालयले क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानीहरू अवलम्बन गरिएको पनि स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ– ‘क्वारेन्टाइनस्थलमा कम्तीमा १४ दिनसम्म स्वास्थ्यकर्मीहरूको २४ सै घण्टा निगरानीमा राखिने र शंकास्पद रोगको लक्षण देखिएमा तुरुन्त उपचारका लागि अस्पतालसम्म लैजान २४ सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।”
क्वारेन्टाइनस्थलमा १४ दिनसम्मको निगरानीमा रहँदा कुनै लक्षण देखिएमा वा प्रयोगशाला परीक्षणको प्रतिवेदन पोजिटिभ आएमा तोकिएको अस्पतालमा उपचारको लागि पठाइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यस्तै परिवारका सदस्यहरूलाई भेटघाटको प्रयास नगर्न मन्त्रालयले आग्रह गरेको छ। सुरक्षा संवेदनशीलता एवम् उच्च स्वास्थ्य जोखिमको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा समेत परिवारका सदस्यहरूलाई भेट्ने प्रबन्ध नगरिएको मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। स्वास्थ्य मन्त्रालयले भक्तपुर खरिपाटी क्वारेन्टाइन आसपासका वासिन्दालाई भयभित नहुन अपिल गरेको छ।

">