काठमाडाौं। नोबेल कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको छ।
नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट चीनको हुबेई प्रान्तका विभिन्न ६ वटा शहरबाट १७५ जना नेपालीलाई 'एअरलिफ्ट' गरेर आज बिहान करीब चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।
नेपाल फर्कन १८५ जनाले निवेदन दिएका थिए। तीमध्ये ६ जना स्वास्थ्यका कारण वुहान विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्।
त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो।
उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
जहाजबाट ल्याइएकाहरूलाई त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षणपश्चात नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने प्रक्रिया भइरहेको बताइएको छ।
नेपाल ल्याइएकामा १७० जना विद्यार्थी, एकजना कामदार, दुईजना पर्यटक र दुईजना बच्चा रहेको दूतावासले जनाएको छ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार चिनियाँ समयअनुसार राति १२:५२ बजे हुबेई प्रान्तको वुहान विमानस्थलबाट काठमाडौंका लागि जहाज उडेको थियो।
नेपाल सरकारले नोबेल कोरोना भाइरसको केन्द्र वुहानबाट आफ्ना नागरिक उद्धार गर्न लागेको सूचनापछि होन्डुरस सरकारका प्रतिनिधिले अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट अफिसमा आफ्ना एक जना नागरिकको पनि उद्दार गरिदिन आग्रह गरेका थिए।
त्यसैअनुरूप होन्डुरसका नागरिकको पनि उद्दार गरिएको हो।
पढ्नुहोस्:
यस्ताे छ वुहानबाट फर्केका नेपाली विद्यार्थी राख्ने खरिपाटीकाे क्वारेन्टाइन
क्वारेन्टाइन आसपासका वासिन्दालाई भयभित नहुन स्वास्थ्य मन्त्रालयकाे अपिल
वुहानबाट १७५ नेपाली लिएर उड्यो नेपाल एअरलाइन्सको जहाज, स्वास्थ्य समस्याका कारण ६ जना आउन पाएनन्
वुहानबाट स्वदेश फर्कने तयारी (तस्वीरहरू)
" /> काठमाडाौं। नोबेल कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको छ।नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट चीनको हुबेई प्रान्तका विभिन्न ६ वटा शहरबाट १७५ जना नेपालीलाई 'एअरलिफ्ट' गरेर आज बिहान करीब चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

">