कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको बताएका छन्।
प्रदेश सरकार गठनको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देशमार्फत मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका पाइलाहरु गतिवान हुँदै गरेको र अनुभवहरु खारिँदै गइरहेको बताएका छन्।
"प्रदेशको सफलतासँगै संघीय शासन व्यवस्थाको सफलता गाँसिएको छ”, मुख्यमन्त्री गुरुङले भनेका छन्।
समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको उनको भनाइ छ।
सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी प्रदेश निर्माणमा अघि बढिरहेको मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन्।
सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै गुरुङले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको बताएका छन् । रासस
" /> कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको बताएका छन्।

">