प्रधानमन्त्री गृह जिल्ला झापा जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर झापाको दमक जाँदै छन्।

प्रधानमन्त्री ओलीले झापाबाट इलाम हुँदै पाँचथर जाने रवि-चिसापानी कालोपत्रे सडकको शिलान्यास गर्ने कार्यक्रम छ।

उनले कृष्‍णमन्दिर-बेलडाँगी सडकको उद्घाटन गर्ने छन्।

त्यस्तै प्रधानमन्त्रीले आजै मिक्लाजुङ गाउँपालिकाको दमक र मोरङको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्नेछन्।

दमक नगरपालिका-१ मा निर्माण गरिएको विपन्‍न नमूना बस्तीको उद्घाटन गरेर प्रधानमन्त्रीले विपन्‍नलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको दमक नगरपालिकाका उपसचिव दिनेसकुमार न्यौपानेले देखापढीलाई बताए।

उनले बेलडाँगीमा दिउँसो दुई बजे सभालाई सम्बोधन गर्ने छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली बिहान १० बजे जहाजबाट झापातर्फ गएर आजै अपरान्ह चार बजे काठमाडौं फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्