भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओली गृह नगर झापा आइपुगेका छन्।
यसअघि गत असोजको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा उनी झापा आएका थिए।
सडक, पुल तथा विपन्न नमूना बस्तीको शिलान्यास साथै उद्घाटनका लागि प्रधानमन्त्री यहाँ आइपुगेका हुन्।
उनलाई भद्रपुर विमानस्थलमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका छन्।
झापामा रहँदा प्रधानमन्त्री ओलीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका-१ मा जनता आवासमार्फत निर्माण गरिएको विपन्न नमूना बस्तीको घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ।
दमक-रवी कालोपत्रे सडकको पनि आजै शिलान्यास हुनेछ।
प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने छन्।
उनी आजै काठमाडौं फर्कने छन्।
" /> भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओली गृह नगर झापा आइपुगेका छन्।यसअघि गत असोजको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा उनी झापा आएका थिए।

">