विज्ञप्तिमा टेलिया कम्पनीका निमित्त अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्रिस्टियना लुइगाले भनेका छन्, “म यो घोषणा गर्न पाउँदा खुशी छु कि यूरोसियाबाट हाम्रो बहिर्गमनको यात्रालाई यसले अझ सहज बनाएको छ। अब हामीलाई नोर्डिक तथा बाल्टिक बजारमा पूर्णतया केन्द्रित भएर काम गर्न अवसर मिल्नेछ।”
सिजीले मोल्ड सेलको शतप्रतिशत सेयर खरिद गर्नको लागि तीन करोड १५ लाख डलर तिर्न राजी भएको टेलियाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
आजको विनिमयदर अनुसार, नेपाली रूपैयाँमा उक्त मूल्य ३ अर्ब ५८ करोड ८१ लाख ६५ हजार हुन्छ। आगामी मार्च महीना भित्रमा खरिद बिक्रीको काम सम्पन्न भइसक्ने पनि टेलियाले बताएको छ।
मोल्डसेल मोल्दोभाको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो। उसको करीब नौ लाख ग्राहक रहेको बताइएको छ। मोल्डसेलले टेलियाको ०.७ प्रतिशत सर्भिस रेभेन्यू र ०.६ प्रतिशत कुल आम्दानीको प्रतिनिधित्व गर्ने टेलियाको विज्ञप्तिमा उल्लेख छ।
यूरोसियामा दूरसञ्चार क्षेत्रमा लगानी गरिरहेको टेलिया विगत तीन वर्षदेखि क्रमशः बाहिरिन थालेको छ।
नेपालमा सिजी टेलिकम्युनिकेन्स मार्फत दूरसञ्चार क्षेत्रमा चौधरीले लगानी विस्तार गर्न खोजेका छन्। दूरसञ्चार क्षेत्रमा बलियो उपस्थिति देखाउनको लागि सिजी टेलिकम्युनिकेन्सले आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिन प्रयास गरिरहेको छ।
दूरसञ्चार सेवामा प्रवेश गर्नकै लागि उनले अर्का विवादास्पद व्यवसायी अजेय सुमार्गीसँग एसटीएम टेलिकम खरिद गरेका थिए।
" /> विज्ञप्तिमा टेलिया कम्पनीका निमित्त अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्रिस्टियना लुइगाले भनेका छन्, “म यो घोषणा गर्न पाउँदा खुशी छु कि यूरोसियाबाट हाम्रो बहिर्गमनको यात्रालाई यसले अझ सहज बनाएको छ। अब हामीलाई नोर्डिक तथा बाल्टिक बजारमा पूर्णतया केन्द्रित भएर काम गर्न अवसर मिल्नेछ।”सिजीले मोल्ड सेलको शतप्रतिशत सेयर खरिद गर्नको लागि तीन करोड १५ लाख डलर तिर्न राजी भएको टेलियाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

">