गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो।
समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ।
नगरपालिकाले गत आर्थिक वर्षमा १०० घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो।
गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले थप २०० घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम शुरु गरेको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए।
विर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होमवायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्दै नगर प्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोबर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गरेको बताए।
नेपाल वायोग्यास प्रवर्द्धन संघ प्रदेश १ ले विर्तामोड नगरपालिकामा पहिलो पटक इजरायली मोडलको वायोग्यास जडान शुरु गरेको हाे। “यसका लागि नगरको सहयोग छ, यो नयाँ प्रविधिको गोबर ग्यास जडान एकै दिनमा गर्न सकिने रहेछ,” शिवाकाेटीले भने, “अब किन चाहियो सिलिण्डर ग्यास। पशुपालन गर्नुहोस् घर–घरमा नगरपालिकाले यस्तै प्रविधिको गोबर ग्यास निःशुल्क जडान गरिदिन्छ।”
सात घनमिटरको गोबर ग्यास प्लान्ट नेपालका लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने नेपाल वायोग्यास प्रवर्द्धन संघ प्रदेश १ का सचिव तथा लोककल्याण गोबर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले बताए। उनका अनुसार दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्नेछ। रासस
" /> गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो।समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ।

">