सरकारले फिर्ता ल्यायो व्यक्तिको नाममा दर्ता भएकाे २६४ बिघा सरकारी जमिन

काठमाडौं। सरकारले व्यक्तिका नाममा दर्ता भएका २६४ बिघा सरकारी जमिन फिर्ता ल्याएको छ।

अतिक्रमण गरेर व्यक्तिका नाममा दर्ता भएको विभिन्न ठाउँका सरकारी जग्गा सरकारको नाममा दर्ता गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले बताइन्।

उनले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन्।

काठमाडाैं महानगरपालिका–३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाड्दै उनले यस्तो बताएकी हुन्।

डिल्लीबजार मालपोत कार्यालयअन्तर्गत रहेका सरकारी जग्गा यकिन भएको र अन्य चारवटा वडाहरूमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको मन्त्री अर्यालको भनाइ छ।

मन्त्रालयले आज काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल पाँच हजार ३४७ दशमलव ५१ वर्गकिलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखेको हो।

प्रतिक्रिया दिनुहोस्