काठमाडौं। नेपाल राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थमा उच्च मूल्यवृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ। आज राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च रहेको बताएको हो।
राष्ट्र बैंकको पुस महीनासम्मको तथ्याङ्क उक्त प्रतिवेनमा समावेश गरेको छ। पुस महीनासम्मको उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत मात्रै थियो। पुस महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, “खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च छ। गैर-खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उप-समूहको मूल्य बढेको छ।”
त्यसैगरी, चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ। पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोषाक, जुस, तामाको तारलगायतका वस्तुहरूको निर्यात घटेको छ।
पुस मसान्तसम्ममा कूल वस्तु आयात ४ प्रतिशतले घटेर ६९४ अर्ब ६९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो। भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ।
यस अवधिमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ।
यस अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महीनासम्ममा ५५ करोड ९५ लाखले घाटामा थियो। यस अवधिमा २३ करोड ५३ लाखले शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ।
रेमिट्यान्स बढ्यो
राष्ट्र बैंकको तथ्याङ्क अनुसार रेमिट्यान्स ०.९ प्रतिशतले बढेको छ। यस अवधिमा ४४७ अर्ब २६ करोड विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो। त्यसैगरी वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १७.७ प्रतिशतले बढेको छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थमा उच्च मूल्यवृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ। आज राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गर्दै तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च रहेको बताएको हो।राष्ट्र बैंकको पुस महीनासम्मको तथ्याङ्क उक्त प्रतिवेनमा समावेश गरेको छ। पुस महीनासम्मको उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत मात्रै थियो। पुस महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

">