दार्चुला। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको एक इन्च पनि नछाडिने बताएका छन्।
दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्शामा राखेपछि नेपाल सरकारले कूटनीतिक पहल थालेको बताए।
“हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौं”, रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने, “भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनौं।”
भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उनले सरकारले मिचिएको भूमिको छिनोफानो गर्ने बताए।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीति नोट लेखेको भन्दै उनले भने, “विवादित भूमि फिर्ता गराएरै छाड्छौँ।” नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा अजेन्डा रहेको उल्लेख गरे।
उनले निर्माणाधीन तिङ्कर सडकलाई नेपाली सेनामार्फत् सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। विसं २०६४/६५ देखि निर्माण शुरू भएको व्यासको तिब्बत जोड्ने सो सडकलाई नेपाली सेनाले निर्माण गर्न लागेको जानकारी गराए। सांसद गणेशसिंह ठगुन्ना लगायतका नेताहरूको निरन्तर पहलकदमीका कारण निर्माणाधीन दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत् निर्माण गरिन लागेको रक्षामन्त्री पोखरेलले बताए।
झण्डै ११ वर्षअघिबाट निर्माण शुरू भएको तिङ्कर सडकखण्डअन्तर्गत खलङ्गादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्रयाक खुलेको छ। महाकाली करिडोरअन्तर्गत राखिएको सो सडकको कूल लम्बाइ ४२५ किलोमिटर छ।
सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने उपप्रधानमन्त्री पोखरेलले बताएका छन्।
कञ्चनपुरको ब्रह्मदेवदेखि तिङ्करसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्रयाक खुलेको दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। दार्चुला तिङ्कर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिङ्कर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्रयाक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो।
उनले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताए। अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको छ। उनले भने, “दार्चुलाको तिङ्करमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुन्छ।” सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने बताए।
उनले फरक प्रसङ्गमा दार्चुलाको सङ्घीय सरकारमा प्रतिनिधित्व छिट्टै हुने बताए। “विगतदेखि दार्चुलाका जनताले जिताएर पठाएका नेतालाई हामी छिट्टै सरकारमा प्रतिनिधित्व गराउँछौँ”, उनले भने, “यो मेरो वचन हो।” नेपाली सेनाको हेलिकोप्टरमार्फत् सदरमुकाम खलङ्गा पुगेका मन्त्री पोखरेलले महोत्सवको उद्घाटनपछि जिल्लास्थित कार्यालय प्रमुखसँग छलफल गरेका छन्।
मन्त्री पोखरेलले भोलि, ५ फागुन बिहान व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर तथा कालापानी क्षेत्रको निरीक्षण गर्नेछन्। रासस