सन् २०२० मा हुने युईएफए वुमन्स यू-१९ च्याम्पियनसिपको क्वालिफिकेसन खेल्नको लागि अस्मिता इंग्लिस टोलीमा परेकी हुन्।
उनी इंग्लिस क्लब एस्टन भिल्ला वुमनको डिफेण्डरको रूपमा खेल्दे आएकी छन्।
क्वालिफिकेसनमा समूह ११ मा रहेको इंग्ल्याण्डले साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछ। समूहको पहिलो खेलम इंग्ल्याण्डले साइप्रसविरुद्ध ८-० को फराकिलो जित हात पार्दा भने अस्मिता बेञ्चमै थिइन्।
अस्मिता इंग्लिस टीममा परेको यो पहिलो पटक भने होइन। २०१९ मा सम्पन्न युईएफए वुमन्स यू-१९ च्याम्पियनसिपमा उनले इंग्ल्याण्डको वुमन् यू-१९ टीमका लागि खेलिसकेकी छन्।
अस्मिताले बेल्जियम, स्पेन र जर्मनीविरुद्ध समूह चरणमा खेलेकी थिइन्।
युईएफए वुमन्स यू-१९ च्याम्पियनसिपको पहिलो चरणको क्वालिफिकेसनमा युरोपका कूल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। ती टीमलाई १२ समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहको शीर्ष दुई टोली सीधै अन्तिम चरणमा छनोट हुनेछन्। यस्तै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोलीले भने अन्तिम चरणमा खेल्ने अवसर पाउनेछ।
छनोट खेलहरू २ देखि ८ अक्टोवरसम्म बेलारुसमा आयोजना भइरहेको छ ।
अन्तिम चरणको प्रतियोगिता २१ जुलाईदेखि २ अअगष्टसम्म २०२० मा जर्जियामा हुनेछ।
को हुन अस्मिता?
इंग्ल्याण्डको पुरानो क्लबमध्ये एक एस्टन भिल्लाको लागि खेल्ने पहिलो नेपाली समुदायकी खेलाडी बनेकी १७ वर्षीया अस्मिता लामो समय देखि बेलायतमै छिन्। उनी पूर्व गोर्खा सेनाकी छोरी हुन्।
उनको दाजु असीमले चेष्टवाएन्डको यू-१२ टीममा खेलेको देखेपछि अस्मिता पनि फुटबल खेल्न इच्छुक भएकी हुन्।
अस्मिताले सन् २०११ मा ट्रायल दिँदै एस्टन भिल्लाको यू-११ गर्ल्स टीमबाट सिजन शुरुवात गरेकी थिइन्।
भिल्ला पार्कको सेन्टर अफ एक्सलेन्समा अस्मिताले दुई साता ट्रायल दिएपछि प्रशिक्षक प्रभावित बनेका थिए। उनको स्पीड र खेल्ने शैलीले प्रशिक्षकलाई प्रभावित बनाएकाे थियाे।
त्यतिखेर अस्मिताको बुबाले भविष्य कस्तो हुन्छ भन्ने बारे थाहा नभएको प्रतिक्रिया दिएकी थिइन्। तर, अस्मिताले राम्रो प्रदर्शन गरेमा भने इंग्ल्याण्डको टीममा स्थान पाउन सक्ने उनले त्यतिबेलै बताएका थिए।
आउने नोभेम्बरमा १८ वर्षमा लाग्ने अस्मिताले आफ्नो उत्कृष्ट डिफेन्सिभ खेलबाट सबैलाई प्रभावित पार्दै आएकी छन्।
अस्मिताले एफए वुमन्स च्याम्पियनसिप २०१८-१९ अन्तर्गत गत अप्रिलमा भएको खेलमा लण्डन बिजविरुद्ध गोलसमेत गरेकी थिइन्।
यस्तै २०१९-२० को एफए वुमन्स च्याम्पियनसिप सिजनमा अस्मिताले एस्टन भिल्लाका लागि अस्मिताले चारवटै खेल खेलेकी छन्। यस्तै वुमन्स सुपर लिग कपमा पनि एक खेल खेलिसकेकी छन्।
" />सन् २०२० मा हुने युईएफए वुमन्स यू-१९ च्याम्पियनसिपको क्वालिफिकेसन खेल्नको लागि अस्मिता इंग्लिस टोलीमा परेकी हुन्।

">