एक वर्षअघि बन्द गरिएको अनुदान कार्यक्रम ब्युँताउँदै स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामुदायिक अस्पताल तथा गैरसरकारी संस्थालाई अनुदानका नाममा रकम बाँड्ने गरी निर्देशिका जारी गर्ने तयारी गरेको छ।
यसअघि मन्त्रालयले आफूअनुकूलका स्वास्थ्य संस्थालाई मात्रै अनुदान रकम वितरण गरेको भन्दै विवाद आएपछि एक वर्षदेखि रकम वितरण रोकिएको छ।
तर, सोही प्रकृतिको कार्यक्रम स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुनः अघि बढाएका हुन् ।
विवादित कार्यक्रमको नाम परिवर्तन गरी ‘स्वास्थ्य क्षेत्र साझेदारी’ राखिएको छ। त्यसका लागि मन्त्रालयले धमाधम निर्देशिका निर्माण गरिरहेको आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ।
मन्त्रालयका अनुसार यो शीर्षकमा एक अर्ब बजेट छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ मा सामुदायिक अस्पताललाई दिएको अनुदान दुरुपयोग भएको मन्त्रालयकै अनुगमनले देखाएको थियो।
त्यसपछि वितरणमा रोक लगाइएको थियो । मन्त्रालयले २०७३/७४ मा ४४ करोड रूपैयाँभन्दा बढी वितरण गरेको थियो ।
डडेल्धुराको अपी सामुदायिक अस्पताललाई दुई करोड चार लाख ६० हजार दिएको थियो।
मन्त्रालयका अनुसार अस्पतालमा एक महिनामा दुईजना बिरामी सेवा लिन आएका थिए, तर अस्पतालमा स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही त्यसै फर्किएका थिए।
यो अस्पताल उपक्षेत्रीय अस्पतालबाट करिब १५ सय मिटर पर छ। यस्तो अवस्थामा सो सामुदायिक अस्पताललाई अनुदान रकम दिन मिल्दैन थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्