शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री नियुक्त हुँदै, शपथ आजै
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानूनमन्त्रीमा नियुक्त गर्दै छन्। </p>
<p>प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङ्फेको आज दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ गराउने कार्यक्रम तय छ।</p>
<p>उपेन्द्र यादवले राजीनामा दिएपश्चात स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्