अर्थमन्त्रीले भने- ‘सत्तामा हुँदा ३ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले आलोचना गर्छन्’
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सत्तामा हुँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको टिप्पणी गरेका छन्।

ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर रहेको टिप्पणी गरे।

“कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस चलाइरहनुु भएको छ भन्दाखेरी ६/७ को कुरा गर्नुहुन्छ बहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ। ३/४ प्रतिशतको कुरै गर्न छाडनुभयो वहाँहरूपनि, जवकी वहाँहरू आफैं राज्य सञ्चालनमा हुँदा त्यही चार प्रतिशत पनि नपुगेर बाहिर जानुभएको थियो”, खतिवडाले भने, “समाजले यी कुराको मुल्याङ्कन गर्छ। सरकारले एकपक्षीय ढंगले यो भनेको होइन अंक पनि बोल्छनु, अनुभूति पनि बोल्छन्।”

अर्थमन्त्री खतिवडाले सरकारले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको दाबी पनि गरे। उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रूपान्तरणमा औषत भन्दा माथिको उपलब्धि भएको बताए।

तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरूसँग छलफल चलाउनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए।

अर्थमन्त्री डा. खतिवडाले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए। उनले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धान विनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने धारणा राखे।

कार्यक्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए। उनले वित्तीय संघीयताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्नेतर्फ लाग्न सुझाए।

कार्यक्रममा सरकारले एकीकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्दले महत्वपूर्ण कार्यक्रम ल्याउन सक्नेमा जोड दिइएको थियो। त्यसका लागि तालिम केन्द्रको नयाँ भवन उपयोगी हुने विश्वाश अर्थमन्त्री खतिवडाले गरे।

तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ कारेड ३३ लाख सात हजार रूपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रूपैयाँमा नै निर्माण सम्पन्न भएको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्