झापा। झापाको मेचीनगर नगरपालिका-९, धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

जैन तेरापन्थ युवक परिषद्ले गरीबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरू गरेको थियो, जुन सेवा आज पनि निरन्तर चलिरहेको छ। मारवाडी समुदायको युवा संगठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर निःशुल्क सेवा दिइँदै आएको छ।

होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भने, “अहिले पनि पैसा नभएर धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्। उनीहरूलाई नै लक्षित गरेर सेवा शुरू गरेका हौँ।”

हप्ताको दुई दिन सोमबार र शुक्रबार बिहान ७ः३० देखि ११ बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य चेकजाँच गर्ने, औषधिको नाम र खाने तरिका सिकाउने गर्छन्।

निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ। सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरीद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताए। चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रूपैयाँ खर्च हुने गरेको छ।

चिकित्सालय शुरू गर्दाको समयमा १० रूपैयाँमा टिकट लिइन्थ्यो। अहिले बढाएर २० रूपैयाँ बनाइएको छ।

टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि निःशुल्क लिन पाइन्छ। हालसम्ममा जैन होमियोपेथिक चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेका छन्।

यहाँ सेवा लिनका लागि नेपालका काठमाडौं, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जिलिङलगायत क्षेत्रका बिरामीले विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको नियमित सेवा लिइरहेका वैद्य राजवंशीले बताए। रासस

" /> झापा। झापाको मेचीनगर नगरपालिका-९, धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

जैन तेरापन्थ युवक परिषद्ले गरीबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरू गरेको थियो, जुन सेवा आज पनि निरन्तर चलिरहेको छ। मारवाडी समुदायको युवा संगठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर निःशुल्क सेवा दिइँदै आएको छ।

होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भने, “अहिले पनि पैसा नभएर धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्। उनीहरूलाई नै लक्षित गरेर सेवा शुरू गरेका हौँ।”

हप्ताको दुई दिन सोमबार र शुक्रबार बिहान ७ः३० देखि ११ बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य चेकजाँच गर्ने, औषधिको नाम र खाने तरिका सिकाउने गर्छन्।

निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ। सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरीद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताए। चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रूपैयाँ खर्च हुने गरेको छ।

चिकित्सालय शुरू गर्दाको समयमा १० रूपैयाँमा टिकट लिइन्थ्यो। अहिले बढाएर २० रूपैयाँ बनाइएको छ।

टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि निःशुल्क लिन पाइन्छ। हालसम्ममा जैन होमियोपेथिक चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेका छन्।

यहाँ सेवा लिनका लागि नेपालका काठमाडौं, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जिलिङलगायत क्षेत्रका बिरामीले विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको नियमित सेवा लिइरहेका वैद्य राजवंशीले बताए। रासस

"> झापाकाे मेचीनगरमा २५ वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य सेवा: Dekhapadhi
झापाकाे मेचीनगरमा २५ वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य सेवा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्