दार्चुला। आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन्। व्यास क्षेत्रमा बाक्लो हिउँ जमेका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि पोखरेल हवाई निरीक्षण गरेर फर्किएका हुन्।
त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला जोशी बडालले बताइन्। “हेलिकप्टर ल्यान्ड हुने अवस्था भएन”, उनले भनिन्, “हेलिकप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो।”
उपप्रधानमन्त्री पोखरेललाई भारतले तीन-तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन्। उनले भनिन्, “हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बिओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ।” सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो।
कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्शामा समेटेपछि नेपाल र भारतबीच विवाद छ। नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएको छ।
सीमा क्षेत्र निरीक्षणपछि सदरमुकाम खलङ्गामा प्रेस सङ्गठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा पाेखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोष्टहरू थपिँदै जाने बताए। उनले व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेकाले त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहने बताए।
“भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ”, रक्षामन्त्री पोखरेलले भने, “सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डेप्लोमेटिक नोट लेखेको यो पहिलोपटक हो, हामी भारतसँग सीमाको विषयमा आँखा जुधाएरै छलफल गर्छौं, कुरामात्र हैन, नेपालको भूमि भएको तथ्यसहित बुझ्ने गरी बुझाउँछौँ।” रासस
" /> दार्चुला। आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन्। व्यास क्षेत्रमा बाक्लो हिउँ जमेका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि पोखरेल हवाई निरीक्षण गरेर फर्किएका हुन्।त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला जोशी बडालले बताइन्। “हेलिकप्टर ल्यान्ड हुने अवस्था भएन”, उनले भनिन्, “हेलिकप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो।”

">