काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा यूएनडीपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधि सभाको सभामुख निर्वाचित भएकाेमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै संविधान सभा निर्वाचनदेखि सङ्घीय संसद्लाई गरेको सहयोगप्रति धन्यवाद दिए। उनले नेपालमा बहुआयामिक सहयोग गरिरहेको यूएनडीपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।
युएनडिपी प्रतिनिधि लबेले हाल नेपालका विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको, न्यायिक समितिसँग काम गरिरहेको जानकारी दिँदै लबेले जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए। रासस
" /> काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले आज शिष्टाचार भेटवार्ता गरेका छन्।सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा यूएनडीपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधि सभाको सभामुख निर्वाचित भएकाेमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

">