काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका डेढ करोड मूल्य बराबरका बिस्कुट र चकलेट नष्ट गरेको छ।
विभागले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा एक करोड ५३ लाख ६६ हजार रूपैयाँ बराबरको बिस्कुट र चकलेट नष्ट गरेको हो।
बजार अनुगमनका क्रममा उपत्यकाभित्र र बाहिर म्याद सकिएका सामान पाइएपछि नष्ट गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उनले भने, “छुट्टाछुट्टै टोली बनाएर उपत्यकाभित्र र बाहिर अनुगमन गर्दा उक्त परिमाणको बिस्कुट र चकलेट नष्ट गरिएको हो।”
जसमध्ये उपत्यकामा एक करोड ५२ लाख ८४ हजार रूपैयाँ र उपत्यकाबाहिर ८२ हजार रूपैयाँको बिस्कुट र चकलेट नष्ट गरिएको छ। यस्तै, अनुगमनबाट ६५ लाख २७ हजार र ४२ लाख ४५ हजार रूपैयाँ मूल्य बराबरको जरिवाना गरिएको छ।
विभागले उपत्यकाका ९८९ ओटा फर्मलाई कारबाही गरेको छ भने उपत्यका बाहिर १७५ ओटा फर्मलाई कारबारी गरेको छ। त्यसका लागि उपत्यकामा ३३४ जनाको टोली र उपत्यका बाहिर १९ जनाको टोली खटिएका थिए।
यस्तै, साउनदेखि माघ मसान्तसम्मको अवधिमा दुई कम्पनीलाई मुद्दा दायर गरिएको महानिर्देशक सुवेदीले बताए।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका डेढ करोड मूल्य बराबरका बिस्कुट र चकलेट नष्ट गरेको छ।विभागले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा एक करोड ५३ लाख ६६ हजार रूपैयाँ बराबरको बिस्कुट र चकलेट नष्ट गरेको हो।

">