उद्योग राज्यमन्त्री दुगड र यूएईका उद्योगमन्त्रीबीच भेटवार्ता

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका ऊर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अलबीच आज भेटवार्ता भएको छ।

युएईको ऊर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटमा दुईपक्षीय विषयमा छलफल भएको राज्यमन्त्री दुगडले दिए।

वार्ताका क्रममा दुई देशबीच जलविद्युत, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा पनि छलफल भएको दुगडकाे भनाइ छ।

भेटमा राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, ऊर्जालगायतका क्षेत्रहरूमा लगानीको धेरै सम्भावना रहेको बताउँदै यूएई सरकार र निजी क्षेत्रहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए।

दुबईमा आयोजना हुने एक्सपो २०२० का प्रतिनिधिहरूसँग भेटघाट तथा एक्सपोमा बनिरहेको नेपाल पेविलियनको निरीक्षणका लागि राज्यमन्त्री दुगड ३ फागुनमा यूएई गएका हुन्।

भेटघाटमा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकाल, उपनियोग प्रमुख रीता धितालको समेत उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्