सफाइ पाएपछि महराले भने- अदालतलाई धन्यवाद ! (विज्ञप्तिसहित)

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले अदालतलाई धन्यवाद दिएका छन्।

काठमाडौं जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा सफाइ पाएपछि महराले एक विज्ञप्ती जारी गर्दै अदालतको फैसलाप्रति अभार व्यक्त गरेका हुन्।

“अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ”, महराले भनेका छन्, “म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।”

उनले आफ्नो कारागार बसाईका क्रममा सद्भाव र सहानुभूति दिने समर्थक, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, प्रहरी मित्र तथा डिल्लीबजार कारागारका सम्पूर्ण बन्दीलाई पनि धन्यवाद भनेका छन्।

“एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ”, उनले लेखेका छन्, “नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।”

प्रतिक्रिया दिनुहोस्